सलमानको कटरिना प्रेम

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान प्राय अभिनेत्री कटरिना कैफमाथिको कमेन्टलाई लिएर चर्चामा आउने गर्दछन् । सलमान कैयौं अवार्ड वा टेलिभिजन शोमा कटरिनालाई लिएर पुग्ने गर्दछन् र उनको बारेमा बोल्ने पनि गर्छन । हालै मात्र सलमानले कटरिनाको बारेमा एक कमेन्ट लेख्दै उनको गोप्य कुरा खोलेका छन् ।

सलमान मुम्बई प्रहरीले आयोजना गर्न लागेको उमंगमा सहभागी हुन पुगेका थिए । जहाँ उनले ‘दबंग ३’को मुन्ना बदनाम हुआ गीतमा नृत्य पनि गरेका थिए । त्यसपछि कपिल शर्मा स्टेजमा पुगे र सलमानसँग कुराकानी गर्न थाले । कुराकानीमा कपिलले सलमानलाई उनलाई धेरै फ्यानले सन्देश पठाउने गरेको बताउदै कसैको फोटो जुम गरेर हेर्नुहुन्छ भनेर सोधेका थिए ।

सलमानसँगै उपस्थित कटरिनालाई हेर्दै सलमानले आफूले फ्यान त होइन कटरिनाको तस्बिर चाहिँ हेर्ने गरेको जवाफ दिए । सलमानले यो जवाफ दिइरहँदा कार्यक्रममा उपस्थित सबैजना हाँसेका थिए ।