दीपेन्द्रको २ नम्बरीमा को २ नम्बरी ?

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘२ नम्बरी’को निर्देशन गर्ने भएका छन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङ प्रमुख भूमिकामा रहनेछन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपेन्द्रले फिल्मले सामाजिक विषयबस्तुलाई उठान गर्ने बताए । अभिनेता दयाहाङले निर्माण पक्षले आफूलाई कथाबस्तुका बारेमा नबोल्न भने पनि पुनः दीपेन्द्रसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अभिनेता पलले झन्डै पाँच वर्ष पछि वर्षासँग पुन सहकार्य गर्न पाउँदा रमाइलो लागेको बताए ।

रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने फिल्ममा अमलादेवी राईको सह–निर्माण हुनेछ । माघ २५ देखि फ्लोरमा जाने फिल्म आगामी वर्षको जनै पूर्णिमामा रिलिज हुनेछ ।