झुपडीमा फर्किए स्लमडग मिलियनेयरका सलिम

मुम्बई(एजेन्सी) । ओस्कार एवार्ड जितेको फिल्म ‘स्लमडग मिलियनेयर’मा सानो सलिमको भूमिका निभाउने अजहरुद्दीन मोहम्मद इस्माइलको यो फिल्म प्रदर्शनसँगै भाग्य पनि बदलिएको थियो । जय हो नामक ट्रस्टले सलिमलाई १० गुना १० को एक फ्ल्याटमा पु¥याएको थियो । तर सलिम यतिबेला भने झुपडी बस्तीमा जान बाध्य भएका छन् ।

सन् २००८ मा १० वर्षका अजहरुद्दीनलाई डेनी बोयलले फिल्ममा ब्रेक दिएका थिए । उनी बान्द्रास्थित गरीब नगरको झुपडीमा बस्दथे । फिल्ममा अभिनय पछि अजहरुद्दीनलाई जय हो ट्रस्टले फ्ल्याट दिएको थियो । फिल्म प्रदर्शनको १२ वर्ष पछि अजहरुद्दीन पुनः झुपडीमै फर्किन बाध्य भएका छन् । २१ वर्षका उनले सान्ताक्रुज वेस्टमा रहेको अनुराग प्लाजाको आफ्नो फ्ल्याट ४९ लाखमा बेचेका छन् । फ्ल्याट बेचेपछि उनी बान्द्रास्थित झुपडीमै बसिरहेका छन् । उनको जन्म पनि यही झुपडी बस्तीमै भएको थियो ।

अजहरुद्दीनलाई परिवारको आर्थिक व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ । ‘म झुपडीमा फर्किन चाहन्नँ । स्टारडम सकिएकाले परिवारका लागि कमाउनुपर्ने बाध्यता छ । मेरो बुवाको मेरो फिल्म रिलिजको एक वर्ष पछि टिबीका कारण निधन भयो । त्यसकारण परिवारको आर्थिक संकटलाई समाधान गर्न मैले फ्ल्याट बेच्ने निर्णय लिएँ । अनि जुन स्थानबाट मलाई फिल्मले बाहिर ल्याएको थियो, त्यही ठाउँमा अहिले फर्किएको छु’, उनले भनेका छन् ।

फिल्मका निर्देशक डेनी बोयलले फिल्ममा काम गर्नेका लागि जय हो ट्रस्ट बनाएका थिए । यो ट्रस्टले बच्चाका परिवारका लागि फ्ल्याट दिएको थियो । यो फ्ल्याट १८ वर्ष उमेरसम्म बच्चाकै नाममा थियो । १८ वर्षसम्म ट्रस्टले मासिक रुपमा ९ हजार रुपैंयाँ पनि दिएको थियो । १८ वर्ष पुगेपछि ट्रस्टले मासिक खर्चमा रोक लगाएको थियो । पढाईमा ध्यान नदिने अजहरुद्दीन बेरोजगार भएकैले लागु औषधको दुव्र्यसन गर्न थाले । जसकारण उनले फ्ल्याट बेचेर झुपडीमा फर्किन बाध्य भए ।