श्रृष्टिलाई माया सोध्दै चिरञ्जीवी

काठमाडौं । मुस्ताङमा खिचिएको रोमान्टिक म्युजिक भिडियो ‘के यो माया हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गोविन्द राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ भने गीतमा चिरञ्जीवी अधिकारीको शब्द तथा दिपकराज विश्वकर्माको एरेन्ज तथा संगीत रहेको छ ।

भिडियोमा श्रृष्टि खड्का र चिरञ्जीवी अधिकारी फिचर्ड छन् । गीतलाई निशान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोदकुमार भण्डारीको रहेको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन, सुरेश काफ्लेको ड्रोन, मनोज लामा र महि सिंहको मेकअप छ ।