मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी योजनाका फिल्मसँगै केही फरक रुपमा दर्शकमाझ आउने अभिनेताका रुपमा चिनिन्छन् । फिल्मका लागि आमिर खानले आफ्नो लुक्सलाई पनि परिवर्तन गर्दै आएका छन् । हाल छायांकनरत फिल्म ‘लाल सिंह चड्डा’मा आमिर खानलाई तीन फरक लुक्समा देख्न सकिनेछ । जसमा एउटा लामो दाह्रीवाला गेटअप, दोस्रो लामो कपाल र तेस्रो सफा चट लुक्स ।
आमिरले आगामी क्रिसमसमा रिलिज हुने यो फिल्मका लागि क्लिन सेभ गरेका छन् । उनी हाल भारतको पन्जाबमा फिल्मको सुटिङ गरिरहेका छन् । आमिरको सरदार लुक्ससँगै लामो दाह्रीवाला लुक्सलाई दर्शकले निकै तारिफ गरिरहेका छन् । इन्टरनेटदेखि लिएर फ्यानसम्मले उनको लुक्सको प्रशंसक बनेका छन् ।
आमिरको हालै सार्वजनिक क्लिन सेभवाला लुक्सले दर्शकमाझ झन उत्साहित बनाएको छ । क्रिसमसमा सोलो रिलिज हुन लागेको यो फिल्मका लागि दर्शकको होस उडाउन आमिर तयारी अवस्थामा छन् । यो फिल्मलाई वर्षकै प्रतिक्षित फिल्म मानिएको छ ।
एक कथासँगै प्रमुख पात्रको वरपर घुमेको यो कथामा ३० वर्षको समयमा भारतमा भएको महत्वपूर्ण राजनीतिक तथा सांस्कृतिक कार्यक्रमको कथालाई देखाइएको छ । अतुल कुलकर्णीद्वारा लिखित र अद्वैत चन्दनद्वारा निर्देशित फिल्म वायाकोम१८ स्टूडियोजÞ र आमिर खान प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।