दर्शकले रुचाए दोषी को ?

काठमाडौं । सामाजिक विषयमा निर्मित फिल्म ‘दोषी को ?’ को शनिबार चलचित्र बिकास बोर्डको हलमा बिशेष प्रदर्शन गरिएको छ । अभिनेता, निर्माता तथा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले नेपाली फिल्मको विकासका लागि आफू लागीपरेको बताए ।

निमा लामा तामाङको निर्देशन र गोपी अधिकारी निर्माता रहेको फिल्मको बिशेष शोमा फिल्ममा सम्बन्धीत कलाकार, प्राबिधिक तथा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो । करण थापा मगरको प्रस्तुति रहेको फिल्ममा सुवास नेपाली,करण थापा मगर,सपना लामा,नेहा गौतम,गोपी अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।

सडकमै जन्मे, हुर्केका दुखी गरिबको जीवनका उचाढचढावलाई कथामा बुनीएको फिल्म छिट्टै नै थुप्रै देशहरुमा प्रदर्शन गर्न लागीएको जानकारी निर्माता गोपी अधिकारीले दिए । उनल फिल्ममा मनोरञ्जनका साथै सन्देशसमेत रहेकाले हेरेका जति दर्शकले मन पराएको बताए ।

निर्देशक लामाले आफूले पहिलोपटक निर्देशन गरेको नेपाली फिल्म दर्शकले मन पराएकोमा खुशी ब्यक्त गरे । उनले दर्शकबाट पाएको प्रतिक्रियाबाट आफूलाई यो क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको सुनाए । करण फिल्मस् प्रोड्क्सनको ब्यानरमा निर्माण भएको फिल्म केही समयपछि स्वदेशका हलमा प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ ।  फिल्ममा करण थापा मगरको लेखन,गोपी अधिकारी र सन्तोष सुनामको संगीत,बिश्वास भण्डारीको छायांकन र सम्पादन, मित्र ध्वज गुरुङको कलर र रमेश रेग्मीको कोरियोग्राफी छ ।