रिक्साचालकको कथामा प्रद्युम्नको धुलो

काठमाडौं । सामाजिक विषयमा निर्माण गरिएको फिल्म ‘धुलो’ को फस्टलुक सार्वजनिक भएको छ । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्म आगामी फागुन १६ गते दर्शकमाझ आउने छ ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सिर्जना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको अभिनय छ । फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा छन् ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सहनिर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेको छ । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।