ओस्कार विजेता पारासाइटलाई चोरीको आरोप

मुम्बई(एजेन्सी) । हालै सम्पन्न ९२ औं संस्करणको ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्मको अवार्ड विजेता दक्षिण कोरियाली फिल्म ‘पारासाइट’लाई चोरीको आरोप लागेको छ । फिल्मको कन्सेप्टमाथि चोरीको आरोप लागेपछि सामाजिक सन्जालमा भाइरल भएको छ ।

सामाजिक सन्जालमा यो फिल्मको कन्सेप्ट तमिलका दिग्गज अभिनेता विजयको फिल्म ‘मिनसारा कन्ना’बाट चोरिएको आरोप लागेको छ । ‘पारासाइट’ एक यस्तो परिवारको वरपर घुम्छ, जुन दोस्रो धनी परिवारको रोजगारमा आफ्नो बाटो निर्माण गर्छ । फिल्मको कथा पैसा, हकदारी गायब भइरहेको मध्यवर्ग र नैतिक सापेक्षवादको बीच अस्तित्वमा आधारित छ ।

सन् १९९९ मा रिलिज विजयको तमिल फिल्म ‘मिनसारा कन्ना’मा मोनिका कास्टेलिनो, रम्भा र खुशबू सुन्दर प्रमुख भूमिकामा छन् । फिल्ममा विजय ‘कन्नन’, मोनिका कास्टेलिनो ‘इश्वर्या’, खुशबू सुन्दर ‘इन्दिरा देवी’ र रम्भा ‘प्रिया’को भूमिकामा छन् । कथा अनुसार कन्ननको इश्वर्यासँग प्रेम हुन्छ र ऐश्वर्याको ठूलो दिदी इन्दिरा देवी एक रइस र नकचढ़ी महिला हुन्छिन् । इन्दिरा आफ्नो सानी ऐश्वर्या र प्रियालाई विशेष ध्यान दिन्छिन् । त्यसपछि कन्नत आफ्नो पहिचान लुकाएर उसको परिवारमा बडीगार्ड भएर काम गर्न थाल्छन् । कन्ननका भाइ वेत्री त्यो घरमा नोकर र उसको बहिनीको घरमा कुकका रुपमा काम गर्न थाल्छन् ।

इन्दिरादेवीलाई उसको घरमा काम गर्ने तीन व्यक्ति एकै परिवारको हो भन्ने थाहा हुँदैन । यही आधारमा विजयको फिल्मका एक फ्यानले पारासाइटको कन्सेप्ट विजयकै फिल्मबाट चोरीको दाबी गरेका हुन् । ‘पारासाइट’ ओस्कार एवार्डमा ५ विधाको मनोनयनमा परेको थियो । जसमा निर्देशक, प्रोडक्शन डिजाइन, अन्तर्राष्ट्रिय फिचर फिल्म, फिल्म एडिटिङ र सवश्रेष्ठ पिक्चर विधामा परेको थियो ।