नैना रेशममा प्रिन्सी र प्रिज्मासँग बले

काठमाडौं । प्रेम सम्बन्धको चर्चा चलिरहेको बेला सागर लम्साल ‘बले’ र ट्विन गल्र्स प्रिन्सी र प्रिज्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सूर्य खड्काको संगीत तथा स्वरमा रहेको गीतमा बले र ट्विन गल्र्स प्रिन्सी प्रिज्माको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ ।

शिव अखेलीको शब्द रहेको ‘नैना रेशम’ बोलको गीतमा सूर्य खड्का र दुर्गा सापकोटाको स्वर रहेको छ । कजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा बनेको गीतको भिडियोमा बलेलाई रोमान्टिक र विन्दास पारामा प्रस्तुत गरिएको छ ।

अजय रेग्मीले खिचेको गीतको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।