काठमाडौं । अष्ट्रेलिया र जापानपछि पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘मारुनी’ अब बेलायतमा रिलिज हुने भएको छ । फिल्म रिलिजका लागि निर्मात्री पुनम गौतम र अभिनेत्री साम्राज्ञी बेलायत जाँदैछन् । आगामी २३ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा फिल्मको विशेष शो हुनेछ ।
एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काका अनुसार फिल्म हेर्नका लागि १० बर्ष भन्दा तलका बालबालिका र ६० बर्ष माथिका मानिसहरुलाई निःशुल्क व्यवस्था गरिएको छ । विशेष शोमा सहभागी हुन फेब्रुअरी २१ मा साम्राज्ञी र पूनम लण्डन उड्नेछन् । निर्मात्री गौतमका अनुसार, लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको छ ।
यस्तै, फिल्मको रेड कार्पेट शो पनि लण्डनमा आयोजना हुने पूनमले बताइन् । नवल नेपाल निर्देशित यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ र पुष्पल खड्काको मुख्य भूमिका छ ।