धन कमाउनेमा श्रीमान श्रीमतिको पीडा

काठमाडौं । गायक सुरेन बसेलको स्वरमा रहेको नयाँ गीत ‘धन कमाउने’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक सुरेनकै रहेको छ भने विशाल निरौलाले संगीत संयोजन गरेका छन् ।

सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ । धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा देखाईएको छ ।

भिडियोमा सुजन आचार्य, सुजिता तिमिल्सिना र भुमि सापकोटाको अभिनय छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर छ । भिडियो गोल्डेन स्टार मुभिजको अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो ।