प्रेमले गाए पर्खी बसे फर्कि आउनेछु

काठमाडौं । गायक प्रेम परियारको डेब्यू अभिनय रहेको फिल्म ‘पर्खि बसे फर्कि आउनेछु’को शीर्ष गीतको रेकर्डिङ गरिएको छ । सुन्दर पन्तको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ भने गायनमा प्रेमलाई सवनम आचार्यले साथ दिएकी छन् । गीतको काठमाडौंमा रेकर्ड गरिएको हो ।

रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता खेमराज विक हुन् । राजबहादुर साने निर्देशित फिल्ममा समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील पोखरेल, दीपक थापा, शुभम गौतम, डा. लोकराज पराजुली, हेमराज बिसीलगायतका कलाकारको अभिनय छ ।

यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेको फिल्म लभस्टोरी जनरामा निर्माण भएको हो । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी तथा एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत छ ।