काठमाडौं । लेखक उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी’को फस्टलुक सार्वजनिक भएको छ । दयाहाङ राई र मिरुना मगर फिचर्ड फिल्मले मगर जातिको ‘जारी’ प्रथाको कथा देखाउनेछ । मध्य पहाडी पृष्ठभूमिमा खिचिएको तस्बिरमा दयाहाङ र मिरुनालाई विवाहित जोडीका रुपमा प्रस्तुत गरिएको छ ।
आगामी वर्षको जेठ २३ गते रिलिज हेन फिल्ममा रामबाबु गुरुङ निर्माता छन् । सुरेश मियोङ लिम्बुको कथा कन्सेप्टमा दयाहाङ र मिरुनाका अलावा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारको अभिनय छ ।
शैलेन्द्र ध्वज कार्कीले खिचेको फिल्ममा झुमा लिम्बु र संगम पन्तको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।