तुलसीको भन्देउ मायालेमा फ्युचर क्रु र अन्जिता

काठमाडौं । गायक तुलसी शिवाकोटीको नयाँ गीत ‘भन्देउ मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा फ्युचर क्रु र अन्जिता कँडेल फिचर्ड छन् । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

फ्युचर क्रु चितवनमा रहेर विभिन्न सांगीतिक कार्यक्रमहरुमा नृत्य गर्दै आइरहेको समूह हो । एक कार्यक्रमको सिलसिलामा निर्देशक प्रहिल कार्की चितवन जाँदा उनीहरुको प्रस्तुतीबाट प्रभावित भई उनीहरुलाई म्यूजिक भिडियोमा अवसर दिएका हुन् ।

यूरोप निवासी गायक तुलसी सिवाकोटीले युरोपसहित विभिन्न मुलुकमा आफ्नो प्रस्तुती दिइसकेका छन् । यसअघि करिब दुई दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका गायक सिवाकोटीको ‘हे माया’, ‘तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’, ‘प्यारी छोरी न बचाउन सके’ जस्ता गीतहरु लोकप्रिय छन् ।