ह्यारी पोर्टरबाट टाढिदै डेनियल

लण्डन(एजेन्सी) । हलिउड अभिनेता डेनियल रेडक्लिफ अहिले यस्तो परियोजनामा सक्रिय छन्, जसका कारण उनले होगवर्टसबाट टाढा गइरहेका छन् । उनले हालै मात्र आफ्नो चर्चित फिल्म ‘हेरी पोर्टर’मा आफ्नो भूमिका किन नदोहोर्याएको विषयमा खुलासा गरेका छन् । ‘फेन्टास्टिक बीस्ट्स एण्ड वेयर टु फाइण्ड देम’ जस्तो फिल्ममा के उनी ह्यारी पोर्टरको रुपमा पुन फर्किदैछन् भन्ने पत्रकारको जिज्ञासामा उनले असम्भव हुने बताएका छन् ।

‘मलाई त्यस्तो लाग्दैन । मलाई नाई भन्न मनपर्दैन । तर म त्यही काम गर्न भने तत्पर छैन । मलाई लाग्छ यो फिल्म अब अगाडि बढिसकेको छ । म बिना पनि यसको प्रदर्शन गज्जब हुनेछ । म यसलाई अब यसरी नै राख्न चाहन्छु’, डेनियलले भनेका छन् ।

डेयिनलले सन्न २००१ देखि सन् २०११ सम्म ह्यारी पोर्टरको चरित्रमा अभिनय गरेर दर्शकको मन जितिसकेका छन् । ‘यसको अर्थ यो होइन कि म कुनै पनि फ्रेन्चाइजीमा पुनः नफर्किन सक्छु भन्ने होइन । तर मलाई त्यो लचिलोपन मनपर्छ, जुन अहिले मेरो करियरसँग छ । अब म कुनै त्यस्तो स्थितिमा पर्न चाहन्नँ, जहाँ पहिलेदेखि नै म वर्षौका लागि एकै सिरिजमा बाधिरहुँ’, उनले अगाडि भनेका छन् । डेनियल चाँडै नै फिल्म ‘एस्केप फ्रम प्रिटोरिया’मा देखिँदैछन् ।