एक्लै भइन् अञ्जु पन्त

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा नायिका वर्षा राउत र नायक÷मोडल राम बाबु फिचर्ड छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

एविएस म्युजिकको प्रस्तुति रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता÷दर्शकमाझ ल्याएका छौ, आशा छ सबैको मन जित्ने छ’, निर्देशक देवेन्द्रले भने ।