बबीलाई खुशी दिँदै सुगम

काठमाडौं । गायक सुगम पोखरेल र गायिका बबी लिम्बुको स्वरमा रहेको नयाँ गीत ‘भन कुन चाहिँ खुशी दिउँ’ को भिडियो सार्वजनिक भएको छ । गीतकार इश्वर शिवाकोटीले लेखेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

संगीत उत्पादकका रुपमा राम्रो छवि बनाएका गीतकार शिवाकोटीले आधा दर्जनभन्दा बढी गीत लेखेर रेकर्ड गराइसकेका छन् । तर उनी गीतकारका रुपमा भन्दा पनि उत्पादकका रुपमा परिचित छन् । ‘भन कुन चाहिँ खुशी दिउँ’ गीतको भिडियो जोमसोमको रमणीय दृश्यमा छायांकन गरिएको हो । निशान कश्यप घिमिरेले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन, सुरेश काफ्लेको ड्रोन छ ।

भिडियोमासृष्टि खड्का र निराजन प्रधान फिचर्ड छन् । उनीहरुलाई प्रमोद भण्डारीले कोरियोग्राफी गरेका छन् । अम्बिका म्युजिकको प्रस्तुतिमा बनेको भिडियोलाई निर्देशक निशान काश्यपले नै सम्पादन गरेका हुन् । भिडियोलाई अम्बिका म्यूजिककै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।