मल्टीप्लेक्स भन्दा सिंगलमा उत्साहप्रद बागी ३

मुम्बई(एजेन्सी) । शुक्रबारबाट रिलिज बलिउड अभिनेता टाइगर श्राफ र श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ ले पहिलो दिन १७ करोड ५० लाख रुपैंयाँको व्यापार गरेको छ । बलिउडका व्यापार विश्लेषक तरुण आदर्शका अनुसार कोरोना भाइरसको डर, होली भन्दा अघिको डल फेज र बालबालिकाको परीक्षाका बाबजुद पनि फिल्मले उत्साहजनक व्यापार गरेको हो ।

यो फिल्म टाइगर अभिनित पाँचौं फिल्म हो, जसले डबल डिजिटको कलेक्सन गरेको छ । तरुणका अनुसार फिल्मले मल्टीप्लेक्सको तुलनामा सिंगल थिएटरमा बढी कमाई गरेको छ । तरुणले टाइगरको अघिल्लो फिल्म ‘वार’ पछि ‘बागी ३’ पहिलो दिनमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको बताए ।

ऋतिक रोशनका साथ टाइगरको फिल्म ‘वार’ले पहिलो दिन ५३ करोड १० लाख रुपैंयाँ कमाएको थियो । टाइगरको अर्को फिल्म ‘स्टूडेन्ट अफ द इयर २ले पहिलो दिन १२ करोड ६ लाख र ‘बागी’ले ११ करोड ९४ लाख रुपैंया कमाएको थियो ।