पोखरामा दया र उर्गेनको २ नम्बरी

काठमाडौं । चलचित्र निर्माता संघले कोरोना त्रासका कारण फिल्मको छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने छायांकन रोकेका छैनन् । फिल्म ‘२ नम्बरी’को बिहीबार पोखराबाट छायांकन सुरु भएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ३५ दिनमा खिचिनेछ । सम्पूर्ण छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ । फिल्मका मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका उर्गेन छोदेनले पहिलो दृश्य दिएका छन् । फिल्मका मुख्य २ कलाकार नायक पल शाह र नायिका वर्षा राउत चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् । यो फिल्मले २ साथीको मित्रताको कथा भन्छ ।

फिल्म आउँदो बर्षको जनै पूर्णिमामा रिलिज हुनेछ । रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको यो फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ यो फिल्मको कार्यकारी निर्माता हुन् ।