पुजा र पलको गीतमा करोड बढी दर्शक

काठमाडौं । प्रदर्शन मिति स्थगित गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को गीत ‘तिम्रो घरको वरिपरी’लाई युट्युबमा एक करोड बढी हेरिएको छ । सामाजिक सञ्जालमा समेत निकै हिट भएको यो गीतलाई करिब २ लाख लाइक समेत मिलेको छ । यस्तै, १४ हजार भन्दा बढीले गीतलाई लिएर प्रतिक्रिया दिएका छन् । सार्वजनिक भएको २ महिनामा यो गीतले करोड भ्यूज पाएको हो ।

अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौरभ लामाको छायांकन छ । सुदर्शन थापाले यो फिल्मको निर्माण तथा निर्देशन गरेका हुन् ।