डिश होममा सुनौलो तारा

काठमाडौं । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागि फरक टेलिभिजन कार्यक्रम डिश होमले निर्माण तथा प्रशारण गर्न थालेको छ । नेपालभरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४ सय भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिश होमले सुरु गरेको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखी प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिबार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिश होमको सम्पुर्ण प्याकेजकाग्राहकहरुको लागीउपलव्ध गराईएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ ।