भारतका आमिर चीनमा पनि सुपरस्टार !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान भारतमा मात्र नभई चीनमा पनि सुपरस्टार बनेका छन् । घरेलू बक्स अफिसमा हिट बनेको आमिरको होम प्रोडक्शन फिल्म ‘सीक्रेट सुपरस्टार’ चिनियाँ बक्स अफिसमा पनि आफ्नो दमदार ओपनिङ गरेको छ । फिल्मले चीनमा आमिरको पछिल्लो फिल्म ‘दंगल’को ओपनिङ रेकर्ड पनि तोडिदिएको छ ।

गत शुक्रबार आमिरको फिल्म चीनमा रिलिज भएको थियो । व्यापार विश्लेषकका अनुसार फिल्मले पहिलो दिन ४३ दशमलब ३५ करोडको सानदार कलेक्सन गरेको थियो । यो कलेक्सनसँगै फिल्म चिनियाँ बक्स अफिसमा अब्बर नम्बरमा स्थापित भयो ।

चीनमा ‘सिक्रेट सुपरस्टार’को ओपनिङ कलेक्सन ‘दंगल’को भन्दा धेरै अगाडि छ । ‘दंगल’ चिनियाँ बक्स अफिसमा पहिलो दिन १३ करोडको कलेक्सन गरेको थियो । फिल्मले ४७ दिनमा १२ सय करोड भन्दा बढी व्यापार गरेको थियो । ‘सिक्रेट सुपरस्टार’ १९ अक्टोबरमा भारतमा रिलिज भएको थियो । यसले ६२ करोडको कलेक्सन गरेको थियो ।

अद्वैत चन्दन निर्देशित फिल्मले गायिका बन्ने सपना पुरा गर्न चाहने एक युवतीको कथालाई बोलेको छ । उसको रुढीवादी पिताको विरुद्ध रहेर कसरी आफूलाई सक्षम बनाउँछिन् भन्ने कुरा फिल्ममा देखाइएको छ । फिल्ममा आमिर आमिर खान एक पन्जाबी र्यापरको भूमिकामा छन् । फिल्ममा प्रमुख भूमिकामा जायरा वसीम छिन् । जसले फिल्म ‘दंगल’ मा महावीर फोगाट बनेका आमिरकी छोरीको भूमिकामा अभिनय गरेकी थिइन् । चीनका फिल्म व्यापार विश्लेषकका अनुसार फिल्मले चीनमा ५ सय करोडको आँकडा पार गर्न सक्छ ।