ऐश्वर्या जस्तै मानसी नाइक

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको फ्यान फलोइङ विश्वभर छ । उनको स्टाइलको कपी गर्ने संख्या झनै उल्लेख्य छ । हालका दिनमा एक मराठी अभिनेत्री मानसी नाइक सामाजिक सन्जालमा निकै भाइरल भइरहेकी छन् । टिकटकमा निकै रुचाइएकी यी अभिनेत्री भाइरल हुनुको मुख्य कारण उनको रुप हो । धेरैले उनको रुप अभिनेत्री ऐश्वर्यासँग मेल खाने गरेको बताउछन् ।

धेरैले इन्टरनेटमा मानसीलाई ऐश्वर्याको कपी नै मान्छन् । सामाजिक सन्जाल प्रयोगकर्ताले मानसी र ऐश्वर्याको रुपमा कुनै भिन्नता नरहेको दाबी गर्दै आएका छन् । मानसीको अनुहारलाई धेरैले ऐश्वर्याको सुरुवाती दिनको लुक्स भनेका छन् ।

हालका दिनमा मानसीको एक पोस्ट सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । जहाँ उनलाई जोधा अकबरको ऐश्वर्या रायको लुक्स भनिएको छ । कसैले उनलाई ऐश्वर्याको डुब्लिकेट त कसैले ऐश्वर्याको कार्बन कपी भनिरहेका छन् । मानसीको इन्स्टाग्राममा ९ लाख ४३ हजार ५ सय ३७ फलोअर्स छन् । उनको टिकटकमा ४ मिलियन फलोअर्स छन् ।

मानसीलाई मराठी फिल्मको एक चर्चित अभिनेत्री मानिन्छ । उनले मराठीमा जबरजस्त, टारगेट, कुटुम्ब जस्ता हिट फिल्म दिएकी छन् ।