आलिया र रणवीरको ब्रेकअप !

मुम्बई(एजेन्सी) । बलिउडका सर्वाधिक चर्चित जोडीमा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर पनि पर्दछन् । दुई वर्षदेखि उनीहरुबीच मौलाएको प्रेम सम्बन्ध मिडियाका लागि समाचारको खुराक बन्दै आएको छ । यी दुई कलाकारका फ्यानहरु पनि दुवैको विवाह कहिले हुन्छ भन्ने व्यग्र प्रतिक्षामा छन् । तर अहिले उनीहरुबीच आएको एउटा समाचारले फ्यानलाई निराश बनाइदिएको छ ।

समाचार अनुसार आलिया र रणवीरको सम्बन्धमा दरार आएको छ । उनीहरुको ब्रेकअप भएको छ र त्यसको कारण पनि अनौठो छ । उनीहरुको प्रेम सम्बन्धका बारेमा जानकारले रणवीर र आलियाको सम्बन्ध टुट्नमा रणवीरलाई नै जिम्मेवार मानेका छन् ।

जानकारका अनुसार आलियासँग पछिल्लो समयमा रणवीरको व्यवहार ठिकसँग चलेको छैन । जसकारण उनीहरुले प्रेम सम्बन्धलाई टुंग्याउने निर्णय लिएका छन् । कोरोना भाइरसका कारण रणवीर केही दिनदेखि मुम्बईमा नै थिए ।

मुम्बईमा भए पनि उनले आलियालाई भेट्न समय छुट्याएनन् । सायद यही वेवास्ताका कारण आलियाले रणवीरलाई छोड्ने निर्णय लिइन् । हालसम्म यी दुवै कलाकारले ब्रेकअपका विषयमा मुख खोलेका छैनन् ।