सलमानको राधेमा तीन भिलेन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान ‘दबंग ३’ पछि चाँडै नै आफ्ना फ्यानका लागि फिल्म ‘राधे’ लिएर आउँदैछन् । यो फिल्मको सुटिङ केही समय अघि सुरु पनि भइसकेको छ । इदको मौकामा रिलिज हुने यो फिल्मका लागि लिएर उनका फ्यान उत्साहित छन् । यो फिल्मका बारेमा एउटा नयाँ खबर सार्वजनिक भएको छ ।

समाचार अनुसार फिल्ममा सलमानले तीन भिलेनसँग फाइट खेल्नेछन् । यो फिल्ममा गौतम गुलाटी, रणदीप हुड्डा र सिक्किमका कलाकार सांग हए भिलेनको रुपमा देखिनेछन् । फिल्ममा भिलेनका अलावा तीन भिलेनको एक्सनका लागि अलग अलग एक्सन निर्देशक राखिएका छन् ।

फिल्म ‘सुल्तान’मा सलमानको कोचको भूमिकामा देखिएका रणदीपले सलमानकै भनाइ अनुसार आफू भिलेन बन्न लागेको बताए । ‘राधे’को सुटिङका समयमा रणदीपको घुँडामा चोट पनि लागेको थियो । यो फिल्मको हाल मुम्बईमा सेट लगाइएको छ, तर कोरोना भाइरसका कारण सुटिङ रोकिएको छ ।

प्रभु देवाको निर्देशनमा बनेको फिल्मको रिलिज डेट २२ मे तोकिएको छ । फिल्ममा दिशा पटानी शीर्ष भूमिकामा छिन् । कोरोना भाइरसका कारण फिल्मको रिलिज डेट सर्ने सम्भावना रहेको छ ।