चैतमै बाजा बजाउदै बले र प्रिज्मा

काठमाडौं । सागर लम्साल बले र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन् । पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यि जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन् । गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको ‘बाजा बजाउदै’ बोलको म्युजिक भिडियोमा सागर र प्रिज्माको अलवा प्रिन्सी खतिवडा र प्रदिप लिम्बूको पनि अभिनय रहेको छ ।

सुजाता केसी र अर्जुन पोख्रेलको स्वर रहेको गीतमा अर्जुनकै संगीत छ । भिडियोमा काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा दिपक बिस्टको सम्पादन छ ।

भिडियो द डिभाइन म्युजिकको युटुबबाट सार्बजनिक गरिएको हो ।