बताससँग बहकिँदै प्रविशा

काठमाडौं । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘बतास’ को भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश दाहालको शब्द तथा कमल खनालको संगित र एरेन्ज रहेको छ ।

सान थापाको निर्देशन रहेको गीतमा अर्जुन तिवारीको छायांकन छ । प्रविशा नै फिचर्ड गीतमा सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा यात्राको दृश्यलाई समेटिएको छ ।