सन्तोषको भरोसामा राजु र साया

काठमाडौं । गायक सन्तोष विसीको स्वरमा रहेको ‘भरोसा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुमित्रा आश्रुधाराको शब्द तथा राजु विरहीको संगीत रहेको छ ।

गीतमा माया र समपर्णलाई समेटिएको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन । भिडियोमा राजु विरहीको निर्देशन, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादन छ । भिडियोमा राजु विरही र साया भण्डारीको अभिनय छ ।