मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण भारतका कैयौं सहर लकडाउन गरिएको छ । जसमा मुम्बई पनि पर्दछ । आम मानिस वा सेलिब्रेटी सबै घरकै क्वारेन्टाइनमा छन् । आम मानिस घरमा नै बसेर अफिसको काम गरिरहेका छन् । केही सेलिब्रेटी घरलाई नै वर्कआउटको अड्डा बनाइरहेका छन् । क्वारेन्टाइनमा बसिरहेका सेलिब्रेटीहरुले आफ्ना हरेक किसिमका फोटो र भिडियो सामाजिक सन्जालमा राखिरहेका छन् । कोही घरमा नै खाना बनाइरहेका छन् भने कोही घरको सफाईमा व्यस्त छन् ।
यो सूचीमा बलिउडका महानायक अमिताभ बच्चन पनि जोडिएका छन् । अमिताभले आफ्नो इन्स्टाग्राममा एक फोटो राखेका छन्, जसमा उनलाई जिममा देखिएको छ । यो तस्बिर उनले जिममा वर्कआउट गर्दाको हो । यो फोटोमा अमिताभले केबल अनुहार मात्र देखाएका छन् । जहाँ उनले क्यामरामा आफ्नो मुस्कान दिएका छन् ।
फोटो इन्स्टाग्राममा राख्दै अमिताभले ‘किप दी जिम गोइङ, बिउल्ड रेसिस्टेन्स, फाइट फाइट फाइट’ लेखेका छन् । उनकोको फोटोमा कैयौं सेलिब्रेटीले कमेन्ट गरेका छन् । जसमा अभिनेता सिद्धार्थ मल्होत्राले ‘प्यार र सम्मान सर’ लेखेका छन् ।
अमिताभ भन्दा पहिला कटरीना कैफ, सिद्धार्थ मल्होत्रा, सलमान खान, सना फातिमा शेख, ट्विकल खन्ना, कार्तिक आर्यन, सैफ अली खानलगायत कैयौं सेलिब्रेटीले आफ्नो आफ्नो क्वारेन्टाइनको समयको फोटो सामाजिक सन्जालमा शेयर गरेका छन् । आरामको जिन्दगी बिताइ रहेका यी सेलिब्रेटीहरुमध्ये कसैले खाना बनाइरहेको, भाडा माझिरहेको र घरमा झाडु लगाइरहेको तस्बिर सामाजिक सन्जालमा राखेका छन् ।