सोल्टिनी बनिन् राजेशपायलकी आँखाको नानी

काठमाडौं । गायक राजेशपायल राई र गायिका कल्पना तामाङको ‘आखाँको नानी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । मायालु जोडीको प्रेम भावहरु सार्वजनिक गीतका शब्दहरुमा रहेको छ ।

जीवनका कठिन परिस्थितिमा साथ दिने प्रेमिल जोडीको मनको वहलाई गीतमा समेटिएको छ । गीतमा माया श्रेष्ठको शब्द तथा मनोज सामसोङ राईको संगीत तथा एरेन्ज र राजु कार्कीको एरेन्ज छ ।

भिडियोमा कला राई, गोविन्द लामा, मिलन तामाङ फिचर्ड छन् । भिडियोमा रामकृष्ण कँडेलको छायांकन तथा विश्वास भण्डारीको सम्पादन र राजन महर्जनको नृत्य निर्देशन छ । भिडियोमा राजन महर्जनको निर्देशन छ ।