माइकल ज्याक्सनले गरेका थिए कोरोनाको भविष्यवाणी ?

लसएन्जल्स(एजेन्सी) । विश्वविख्यात पपस्टार माइकल ज्याक्सनले कोरोना भाइरस जस्तो वैश्विक महामारीको भविष्यवाणी गरेको उनका एक पूर्व अंगरक्षकले दाबी गरेका छन् । उनको भनाईलाई जसले मजाक बनाए पनि उनी जहिल्यै मुस्कुराउने गरेको उनले खुलासा गरेका छन् । ज्याक्सनका पूर्व अंगरक्षक मैट फिडेसले हाल विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहँदा ज्याक्सनले यो कुराको वर्षौ पहिले खुलासा गरेको दाबी गरेका हुन् ।

‘माइकल ज्याक्सन जान्दथे कि प्राकृतिक आपतकालिन अवस्था जहिल्यै रहन्छ । उनी निकै जागरुक थिए र जहिल्यै पनि भविष्यवाणी गरिरहन्थे । उनले कुनै समय आम मानिस कुनै जीवाणुको गम्भीर समस्यामा पर्ने घोषणा गरेका थिए । जुन अहिले कोरोना भाइरसका रुपमा आएको छ’,मैटले भनेका छन्, ‘उनी कहिलेकाँही एकैदिनमा चार देशको यात्रा गर्दथे । हवाईजहाजमा कैयौं व्यक्तिसँग बसेर यात्रा गर्दथे ।’

माइकल अधिकांश समय मास्क लगाउँदथे । जसकारण मैटले धेरैपटक माइकललाई फेसमास्क नलगाउन आग्रह गरेका थिए । आफूलाई फोटो खिचाउन मन लागे पनि माइकलले फेसमास्क नखोल्नले लाज लाग्ने गरेको समेत उनले खुलाएका छन् । ‘मैट म बिरामी हुन सक्दिनँ । म आफ्नो प्रशंसकलाई निराश बनाउन सक्दिनँ । मेरो कैयौं कार्यक्रम छ । मेरो यो दुनियाँमा रहनु केही कारण छ । म आफ्नो आवाजलाई हानी पु¥याउन चाहन्नँ’, माइकलले आफूलाई भनेको भनाई सुनाउँदै मैटले भने ।

आज माइकल जिउँदो रहेको भए यो अवस्था देखेर उनी रुने मैटले दाबी गरेका छन् । ‘उनी रुन्थे । मैले यो अवस्था आउछ भन्दा कसैले पत्याउदैन थिए । आज त्यही अवस्था आयो भन्दथे’, मैटले भनेका छन् । माइकलको सन् २००९ मा निधन भएको थियो ।