अक्षय भन्छन्ः ‘घरमै बस्ने सुपरस्टार’

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमारले कोरोना भाइरसबाट बच्नका लागि घरमा बस्ने नै सुपरस्टार हुने बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण २१ दिने भारतीय लकडाउनमा रहेका अभिनेता अक्षयले व्यापार विशेषज्ञ जोगिन्दर टुटेजाको एक ट्वीटमा आफ्नो प्रतिक्रिया दिँदै यो कुरा बताएका हुन् ।

जोगिन्दरले केही समय अघि एउटा भिडियो ट्वीट गरेका थिए । जसमा उनले कसरी टाइगर श्राफ ‘रेम्बो’, ‘हिरोपन्ती २’ र ‘बागी २’ जस्तै आफ्नो आउने फिल्मबाट सुपरस्टार बन्नका लागि तयार छन् भनेर लेखेका थिए ।

जसमा अक्षयले ‘जोगिन्दर तिम्रो यो कुराबाट म पूर्ण रुपमा सहमत छु कि टाइगर श्राफ आउने समयमा धमाल मचाउँदैछन् । तर यो समय एकमात्र त्यही व्यक्ति सुपरस्टार हुनेछ, जो आफू र आफ्नो परिवारको सुरक्षाको सुनिश्चितका लागि घरमा बस्छ । म हरेक व्यक्तिलाई यो समयमा सुपरस्टार बन्न अपिल गर्दछु’ भन्दै जवाफ दिएका थिए ।

अक्षय लगातार सामाजिक सन्जालमा २१ दिनको लकडाउनका समयमा आफ्नो देशबासीलाई घरमै बस्न र सरकारलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । उनले कोरोना भाइरसको जरालाई उखालेर यो युद्धलाई जित्नका लागि तयार रहनसमेत अपिल गरेका छन् ।