कोरोनाविहीन भए टम जोडी

लसएन्जल्स(एजेन्सी) । हलिउड स्टार टम हेङ्क्स र उनकी पत्नी रीटा विल्सन कोरोना भाइरस(कोभिड–१९) लाई परास्त गर्दै अमेरिका फर्किएका छन् । फिल्म सुटिङका लागि अष्ट्रेलियमा रहँदा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई साता भन्दा बढी समय उनीहरु त्यही क्वारेनटाइनमा बसेर उपचाररत थिए ।

समाचारअनुसार यो जोडीले मार्च ११ मा कोरोना भाइरसको संक्रमण भएको खबर सार्वजनिक गरेका थिए । संक्रमणबाट मुक्ति मिलेपछि उनीहरु निजी जेटबाट अमेरिका फर्किएका छन् । उनीहरुले अमेरिका फर्किएपछिको तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनीहरु मुस्कुराइरहेका छन् र निकै शान्त देखिन्छन् । उनीहरुले सेल्फ आइसोलेशनमा रहँदा आफ्नो प्रशंसकलाई आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिइरहन्थे ।

टमलाई कोरोना भाइरस देखिएपछि अष्ट्रेलियामा भइरहेको सुटिङ पनि रोकिएको थियो । टम एक्ला हलिउड अभिनेता होइनन्, जो कोरोना भाइरसबाट प्रभावित छन् । अभिनेता इदरिस एल्बम र उनकी पत्नी, क्रिस्टोफर हिवजू, अभिनेत्री ओल्गा कुरिलेंको, अभिनेत्री रैचेल मैथ्यूजलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।