डीआरले ल्याए ओ कोरोना बिन्ती छ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत संगीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोतारदर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ‘ओ कोरोना बिन्ती छ, अब यो धर्तीबाट बिदा लेउ’ स्रोता र दर्शकमाझ ल्याएका छन् । राज सागरको स्वर र संगीत रहेको लिरिकल भिडियो स्रोता र दर्शकमाझ आएको हो ।

दीप घतानीको मिक्सिङ र माष्टरिङ रहेको गीत भ्वाइस अफ नेपालमा रेकडिङ गरिएको हो । ‘यो बेला सबैले आ–आफ्नो ठाउँबाट सचेतना जगाउने र यसको संक्रमणबाट बच्नका लागि जनचेतना जगाउने उद्देश्यले गीत सार्वजनिक गरिएको हो’, गीतकार डा. डीआर उपाध्यायले भने ।

दश उपन्यास र सयौ गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो ।