लसएन्जल्स(एजेन्सी) । अमेरिकामा पछिल्लो केही समययता कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढ्दै गएको छ । कैयौं हलिउड स्टारहरु यो भाइरसको चपेटामा परेका छन् । कतिपयको त मृत्यु नै भएको छ । हालै मात्र अमेरिकी गायक जोई डिफीको कोरोनाका कारण निधन भएको खबर सार्वजनिक भएको थियो । हालै मात्र अमेरिकी गायिका कैली शोर पनि कोरोनाबाट संक्रमित भएको खुलेको छ । उनले सामाजिक सन्जालमा आफूलाई कोरोनाको लक्षण देखिएको जानकारी दिएकी हुन् ।
‘म पछिल्लो तीन हप्तादेखि क्वारेन्टाइनमै थिएँ । ग्रोसरीजको सामान लिनका लागि एकदुई पटक मात्र बाहिर गएकी थिएँ । त्यही बेला मलाई कोरोनाको भाइरसले भेट्यो । तर म पहिले भन्दा निकै राम्रो अनुभव गरिरहेको छु । मलाई यो कुराको प्रमाण मिलिसकेको छ । यो भाइरस निकै खतरनाक रहेछ ।’ उनले ट्वीट गरेकी छन् ।
उनले कोरोनाको संक्रमण हुँदा शरीरमा दुखाई बढी हुने गरेको बताइन् । ‘मेरो शरीरमा दुखाई अत्याधिक थियो । मलाई ज्वरो पनि निकै आएको थियो । मैले कुनै पनि कुराको गन्ध र स्वाद भुलिसकेको थिएँ’, उनले लेखेकी छन् । यसअघि हलिउड सुपरस्टार टम हेङ्कस पनि कोरोनाबाट संक्रमित थिए । उनी र पत्नी टिना बिसेक भएर घर फर्किइसकेका छन् ।