मस्तीजादे २ मा तीन जोन

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक मिलाप जाभेरीको सन् २०१६ को सेक्स कमेडी फिल्म ‘मस्तीजादे’ त्यो वर्षकै हिट फिल्ममा पर्दछ । यिनै मिलाप अब यो फिल्मको सिक्वेल ‘मस्तीजादे २’ बनाउने तयारी गरिरहेका छन् । फिल्ममार्फत उनी दिब्य खोसला कुमारलाई अभिनयमा कमव्याक गराउँदैछन् । यो फिल्म यही वर्षको अक्टोबर २ मा रिलिजको तयारी गर्दैछन् । भलै फिल्मको छायांकन शुरु भएको छैन । यो फिल्मलाई व्यापार विश्लेषकले अर्को हिट फिल्म हुने आँकलन गरिसकेका छन् ।

समाचार अनुसार फिल्ममा अभिनेता जोन अब्राहम तेहोरो भूमिकामा देखिँदैछन् । तीनमध्ये एक अवतार उनको एन्टागोनिष्टको हुनेछ । गत फेब्रुअरीमा एक पत्रिकालाई जोनले दिएको अन्तरवार्तामा फिल्मको लागि तेहोरो भूमिकाका बारेमा छलफल भइरहेको बताएका थिए । तर निर्देशक मिलापले भने यो कुरा झुठो रहेको बताएका छन् ।

यो फिल्म चाँडै नै सुटिङमा जाने तयारी भइरहे पनि कोरोना भाइरसको महामारीका कारण भारतमा लकडाउन भएपछि यसको छायांकन मिति सारिएको छ । ‘म अप्रिलको अन्त्यसम्ममा जसरी भए पनि सुटिङ शुरु गर्न चाहन्थें । तर अहिले लकडाउनले गर्दा पर्ख र हेरको अवस्थामा छौं । हामी प्रि–प्रोडक्सन टिमसँग तयारी अवस्थामा छौं । अवस्था सामान्य हुनासाथ फ्लोरमा जान्छौं’, मिलापले भनेका छन् ।

निर्माताले फिल्मको प्रमोसनका लागि जोन फिचर्ड दुई पोस्टर पनि बनाएका थिए । तर महामारीको संकटका कारण पोस्टर सार्वजनिक गर्ने योजना पनि सारेका छन् ।