मुम्बई(एजेन्सी) । बलिउडका ‘बादशाह’का रुपमा परिचित अभिनेता शाहरुख खानले गए राती कोरोना भाइरसका विरुद्ध चलिरहेको युद्धका लागि लडिरहेका जनताका लागि एउटा घोषणा गरे । उनले आफूले १ सय ११ करोड रुपैंयाँ दिने निर्णय लिए ।
‘यो समय सबै मानिसहरु एकअर्काको मद्दत गरिरहेका छन् । जबकी हामी एकअर्कामा अन्जान छौं । यो अवस्थामा हामी एक्लो छैनौं भन्ने महशुस सबैले गरिरहेका छन् । भारत हाम्रो परिवार हो र हामी एकअर्कालाई मद्दत गरेर यो परिवारलाई बचाउनुपर्छ’, उनले ट्वीट गरेका छन् । यो ट्वीटसँगै उनले ६ राज्यलाई सहयोग गर्ने विस्तृत योजना पनि सार्वजनिक गरेका छन् । यसका अलावा उनले पीएम केयर्स र सीएम केयर्स रिलीफ फन्डमा पनि पैसा दान गर्दैछन् ।
शाहरुखको कम्पनीले बिहीबार एक विज्ञप्ती जारी गर्दै ६ वटा राज्यमा सहयोग गर्ने जनाएको थियो । जसका लागि प्रत्येक कम्पनीलाई कामको जिम्मेवारी दिइएको छ । शाहरुखको होम प्रोडक्सन रेड चिलीज इन्टरटेनमेन्टले महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा सहयोग गर्नेछ । शाहरुखको क्रिकेट टिम र उनको एजजीओ पश्चिम बंगाल र महाराष्ट्र सरकारलाई ५० हजार पीपीई(पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) सहयोग गर्नेछ । यसबाहेक शाहरुखको एनजीओ मीर फाउण्डेसनले एक महिनासम्म मुम्बईका ५५ सय परिवारका लागि खानाको व्यवस्था गर्नेछ ।
त्यस्तै अस्पतालमा पनि फाउण्डेसनले खानाको व्यवस्था गर्नेछ । शाहरुखको लामो योजना देखेर जोकोही पनि हैरान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सन्जालमा शाहरुखको योजनाको खुलेर तारिफ गरिएको छ । सामाजिक सन्जालमा शाहरुखले कुनै पनि सहयोग नगरेको भन्दै आलोचना भइरहेको समयमा शाहरुखको यो योजना सार्वजनिक भएको हो ।