लकडाउनमा फस्टाउँदो साइबर सेक्स

लण्डन(एजेन्सी) । कोरोना महामारीले ब्रिटेनको अवस्था भयावह बनेको छ । प्रधानमन्त्री बोरिस जोनसन आफै भाइरसका कारण बिरामी छन् । ब्रिटेनमा हालसम्म ४७ हजार ८ सय ६ जनालाई कोरोना पोजेटिभ देखिएको छ भने ४ हजार ९ सय ३४ को निधन भइसकेको छ । कोरोना भाइरसबाट बच्नका लागि ब्रिटेनमा लकडाउन गरिएको छ । लकडाउनका कारण धेरै मानिसहरु आफ्नो यौन इच्छा पुरा गर्न पाइरहेका छैनन् ।

यो संकटबाट समाधानका लागि मानिसहरु साइबर सेक्समा आकर्षित भइरहेका छन् । ब्रिटेनमा भएको लकडाउनलाई मध्यनजर गर्दै सार्वजनिक भएको एक नयाँ वेबसाइटमा मात्र ४८ घण्टामा ४ हजार मानिस जोडिएका छन् । यो साइबर डेटिङ साइटमा मानिसहरुलई विश्वभरका अपरिचितका साथ साइबर डेटिङ गर्ने मौका मिलिरहेको छ । यो साइटमा ब्रिस्टल सहरका मानिसहरु धेरै जोडिएका छन् ।

वेबसाइटका संस्थापक डेविड मिन्सले साइबर सेक्स सुरक्षित भएकाले आम मानिसहरुको आकर्षण बढिरहेको बताए । ‘लकडाउनको समयमा सुरक्षित तरिकाले तपाईं नयाँ मानिससँग भेट गर्नुहोस् । अवस्था सामान्य भएपछि नयाँ मित्रलाई आफूले कुन चरणसम्म साथी बनाउने भन्ने कुरा तपाईंमा भरपर्छ’, उनले भनेका छन् । इटालीमा सबैभन्दा ठूलो पोर्न वेबसाइट पोर्न हबले आफ्नो प्रिमियम सेवा एक महिनाका लागि निःशुल्क गरिदिएको छ ।