युट्युबमा शंकरको लभजोन

काठमाडौं । सामाजिक विषयबस्तुमा रहेर निर्माण गरिएको फिल्म ‘लभजोन’ युट्युबमा सार्वजनिक भएको छ । शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा युवायुवती बिचको प्रेमकथालाई उतारिएको छ । लाखौ सपना बोकेर विदेशमा गएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले गलत बाटो रोज्दाको अवस्थालाई फिल्ममा चित्रण गरिएको छ ।

ओमबहादुर कार्की प्रस्तुतकर्ता रहेको फिल्ममा विक्रम कार्की, प्रेरणा बोहरा, राजन महर्जन, तृष्णा खड्का, डिबी लामा, रुबी थापा, राजन श्रेष्ठको अभिनय रहेको छ । फिल्ममा बाबुल गिरी र शंकर अधिकारी ‘घायल’को संगीत, नित्या शिवा, बाबुल गिरी र शम्भु रैकाको स्वर रहेको छ ।