अमेरिकामा अफ्रो–अमेरिकन बढी संक्रमित

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरसले कुनै धर्म, जाति या अन्य भेदभाव गरेको छैन । अर्थात् यो संक्रमणका कारण सबै उमेर, धर्म र सम्प्रदायका मानिसहरु मरिरहेका छन् । तर अमेरिकामा कोरोनाको कारण मर्नेको तथ्यांक हेर्ने हो भने बढी संख्यामा अफ्रो–अमेरिकन मूलका मानिस बढी मरेका छन् ।

समाचार अनुसार अफ्रो अमेरिकनलाई स्वास्थ्य सुविधका मामलामा भेदभाव भएपछि मर्नेको संख्या बढेको विशेषज्ञहरुको बुझाई छ । यतिमात्र होइन, कोही व्यक्ति आफ्नो कामको समयमा बिदामा बसे भने उनलाई दोस्रोपटक उक्त ठाउँमा काम दिइँदैन ।

अमेरिकाका टप सर्जन जरनल जेरोम एडमका अनुसार अधिकांशमा मधुमेह, फेन्फडो र मुटुको रोग छ । योसँगै उनीहरु गरिब र त्यसमाथि हुने भेदभावले पनि थप पीडित बनिरहेका छन् । एडम आफैमा अफ्रिकन हुन् र उनी उच्चरक्तचाप र अस्थमाबाट पीडित छन् । उनका अनुसार सिकागोमा मर्ने व्यक्तिमध्ये करिब ६८ प्रतिशत अफ्रीकन अमेरिकन छन् । यो शहरको जनसख्ंयाको करिब ३० प्रतिशत अफ्रीकन अमेरिकन छन् ।

अमेरिकन पब्लिक हेल्थ एसोसिएशनका कार्यकारी निर्देशक जर्ज बेन्जामिनले अमेरिकामा अफ्रीकन अमेरिकनले जुन किसिमले काम गरिरहेका छन्, त्यसले उनीहरुमा संक्रमणको खतरा बढ्दै गएको बताए । ‘अधिकांश अफ्रीकन अमेरिकन सार्वजनिक यातायातसँग जोडिएका काम गर्छन् । नर्सिङ होम र ग्रोसरी सपमा पनि उनीहरु काम गर्छन् । यी सबै स्थानमा इन्फेक्सनको सम्भावना बढी हुन्छ । उनीहरुमा स्वास्थ्य सुविधाको पनि कमी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना भाइरसको संक्रमण अफ्रीकन अमेरिकन मुलका मानिसमा बढी देखिएको स्वीकारेका छन् । उनले आफ्नो प्रशासनले अफ्रीकन अमेरिकन समुदायमा बढ्दै गएको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न काम गरिरहेको दाबी गरेका छन् ।