चेल्सीले बनाइन् ब्रा मास्क

लसएन्जल्स(एजेन्सी) । अमेरिकी कमेडीयन चेल्सी हेन्डलरले आफ्नो ब्राबाट फेस मास्क बनाएकी छन् । उनले इन्स्टाग्राममा एक भिडियो राख्दै लकडाउनको समयमा सिर्जनात्मक काम गर्न फलोअर्सलाई आव्हान गर्दै आफूले त्यही काम गरेको जनाएकी छन् । उनले भिडियोमा ब्राबाट फेस मास्क कसरी बनाउने भनेर सिकाएकी पनि छन् ।

‘हामी आफ्नै हातबाट घरायसी मास्क बनाउन सकिन्छ । यो मैले मैले बनाएको ब्रा फेस मास्क हो’, उनले इन्स्टाग्राममा लेखेकी छन् । भिडियोमा उनले मास्कलाई मूखमा लगाएकी छन् । उनको शैलीबाट अमेरिकी पत्रकार मारिया श्रीभेर पनि प्रभावित भएकी छन् । ‘म तपाईंलाई हिम्मत दिन्छु, तपाईं बाहिर आएर यी कामहरु सिकाउनुहोस्’, मारियाले प्रतिक्रिया दिएकी छन् ।