लकडाउनमा प्रहरी थुक्नेलाई तीन महिना जेल सजाय

न्यूजिल्याण्ड(एजेन्सी) । कोरोना भाइरसको महामारीको यतिबेला सारा विश्व सामना गरिरहेको छ । यही बीच कैयौं देशमा लकडाउन लागु गरिएको छ र यसको कडा रुपमा पालना पनि गराइएको छ । न्यूजिल्याण्डमा लकडाउनका दौरान एक व्यक्तिले प्रहरीलाई थुकेपछि उसलाई तीन महिनाको जेल सजाय सुनाइएको छ ।

कोरोना भाइरसको यो संकटमा एक व्यक्तिले अर्को व्यक्तिलाई छुनसमेत रोक लगाइएको बेला प्रहरीलाई थुकेपछि प्रहरीले ती व्यक्तिलाई कारवाही गरेको हो । समाचार अनुसार ती व्यक्तिले कैयौं पटक प्रहरीलाई दुःख दिँदै आएका थिए । प्रहरीलाई नै थुकेपछि उसलाई पक्राउ गरेर अदालतमा उभ्याइएको थियो । ‘उसलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरिरहँदा प्रहरीलाई नै थुकेपछि प्रहरीले कारवाही गर्नुपरेको हो’, एक प्रहरीले भने ।

प्रहरीले यो संकटको बेला थुक्नु अपराध रहेको बताएको छ । न्यूजिल्याण्डको कानूनका अनुसार कुनै पनि व्यक्तिमाथि थुक्नु र हाछ्यु गर्नु अपराध हो । त्यस्ता व्यक्तिलाई कैयौं वर्षको जेल सजाय दिइन्छ । यो कानून अनुसार दोषीलाई १४ वर्ष जेल सजायको व्यवस्था छ । प्रहरीले एक व्यक्तिलाई कोरोना पोजिटिभ देखिएको खबर पाएपछि उसको बारेमा छानबिन भइरहँदा यो घटना भएको जनाएको छ ।