अमिताभलाई दृष्टिविहिन हुने डर

मुम्बई(एजेन्सी) । बलिउड दिग्गज अभिनेता अमिताभ बच्चनले आफ्नो आँखाको दृष्टिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले आफूमा दृष्टिविहिन हुने हो कि भन्ने डर रहेको खुलाएका छन् ।

‘यो आँखाले धमिलो तस्बिर देखिरहेको छ । आँखाले दुईवटा कुरा देखाइरहेको छ । केही दिनदेखि ममा अन्धोपन आउन लागेको हो कि भन्ने महशुस भइरहेको छ’, उनले आफ्नो ब्लगमा लेखेका छन् ।

उनले डाक्टरले आफूलाई दृष्टिविहिन नहुने भन्दै सान्तवना दिएको खुलाएका छन् । उनले आफूले डाक्टरको परामर्शको पालना गरिरहेकोले परामर्श अनुसार नै हरेक घण्टामा आइड्रप लगाइरहेको बताए । ‘कम्प्यूटरको अगाडि समय बिताउन मेरा लागि अझै धेरै समय छ । आँखा मात्र थाकेको छ । त्यही कारण केही डर भएको हो’, अमिताभले लेखेका छन् ।