पीकू निर्देशकलाई अन्तरंग दृश्यको चिन्ता

मुम्बई(एजेन्सी) । सारा विश्व यतिबेला कोरोना भाइरसको महामारीमा छ । भारतमा यो महामारीबाट करिब ७ हजार भन्दा बढी मानिस प्रभावित भइसकेका छन् । आम मानिसहरु कसरी कोरोना भाइरसको संक्रमणबाट बच्ने भन्ने चिन्तित भइरहँदा बलिउड निर्देशक सुजित सरकारलाई भने अर्को अनौठो चिन्ताले छोएको छ । उनले सामाजिक सन्जाल ट्वीटरमा कोरोना भाइरसको संक्रमण सकिएपछि बलिउड फिल्मबाट अन्तरंग दृश्य गायब होला या नहोला भन्ने चिन्ताले सताउन थालेको छ । उनले यो रोगको अर्को एक साइट इफेक्टका रुपमा अन्तरंग दृश्य हुनसक्ने अनुमान लगाएका छन् ।

सुजितले कोरोना भाइरसका कारण सामाजिक दुरीको कुरा चलिरहँदा फिल्ममा देखाइने चुम्बनका दृश्य, अन्तरंग दृश्य र अंकालको दृश्य कसरी छायांकन गर्ने भन्दै प्रश्न गरेका छन् । ५०–६० दशकको समयमा फिल्ममा अन्तरंग दृश्य देखाउँदै दुईवटा फूललाई जोडेको देखाइन्थ्यो । सुजितले पनि केही समयसम्म यस्तै दृश्य देखाउनुपर्ने सुझाव दिएका छन् ।

सुजितको पोस्टमा प्रतिक्रिया दिँदै अभिनेत्र दिया मिर्जाले फिल्म ‘गुरु’ बनाउँदाको पुरा प्रक्रिया नै अन्तरंग रहेकोले आक्रोश पोखेकी छन् । सुजितको यो पोस्ट सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । सुजितले ‘विक्की डोनर’, ‘पीकू’ र ‘पिंक’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । उनको फिल्म ‘गुलाबो सिताबो’ र ‘सरदार उधम सिंह’ रिलिजको लागि तयार छ ।