यसरी फैलन्छ कोरोना भाइरस

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरसबाट जोगिनका लागि एउटा नयाँ तथ्य फेला परेको छ । एक रिपोर्ट अनुसार कोभिड १९ भाइरस हावामा १३ फिट अर्थात् चार मिटर टाढासम्म जान सक्छ । अर्थात् यदि एक व्यक्ति कोरोना संक्रमित व्यक्तिबाट १३ फिटको दुरीमा छ भने उसलाई संक्रमण फैलने सम्भावना बढी हुन्छ । वर्तमान समयमा सामाजिक दुरीका नाममा दुई व्यक्तिको दुरी एक मिटर बनाइएपछि नयाँ तथ्य बाहिर आएको हो ।

विश्व स्वास्थ्य संगठनको वर्तमान दिशा–निर्देशका अनुसार संक्रमणलाई रोक्नका लागि खोक्ने या हाछ्यू गर्ने व्यक्तिबाट अर्को व्यक्तिले एक मिटर दुरी राख्नुपर्छ । तर ताजा रिपोर्ट अनुसार यो दुरी कोरोना फैलावट रोक्नका लागि असफल हुन्छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिवेन्शन (सीडीसी) पत्रिकामा शुक्रबार एक चिनियाँ विशेषज्ञको रिपोर्ट छापिएको थियो । रिपोर्टमा वैज्ञानिकले कोरोना भाइरसको फैलावटको विस्तृत जानकारी लिनका लागि कोरोना संक्रमितवाला अस्पतालबाट एयर स्याम्पल लिएको थियो । जसमा यो नयाँ जानकारी आएको थियो ।

चीनको बुहानको एक अस्पतालमा २४ संक्रमितहरु १९ फेब्रुअरीदेखि २ मार्चको बीचमा बन्द रहँदा वैज्ञानिकले जमिन र वायुको परीक्षण गरेको थियो । परीक्षणमा बढी समय विषाणु सतहमा मात्र केन्द्रित भएको पाइएको थियो । तर वैज्ञानिकले गुरुत्वाकर्षणका कारण पनि यस्तो हुनसक्ने अनुमान लगाएका थिए ।

अनुसन्धानमा हावाको माध्यमबाट कैयौं विषाणु यात्रा गर्दै कम्प्यूटरको माउस, बेड रेल्स, फोहोरको डिब्बामा पुगेको पत्ता लागेको थियो । परीक्षणमा आधा नमूना त मेडिकल स्टाफको जुत्तामा भेटिएको थियो । वैज्ञानिकका अनुसार हावामा कोरोना भाइरस केही घण्टासम्म तैरने गर्दछ । यदी कोही शंकास्पद बिरामी खोक्ने वा हाछ्यु गर्ने गर्दछ भने त्यसको साना साना कण केही सेकेन्डमा सतहमा पुग्दछन् । जबकी एरोसोल विषाणु घन्टौंसम्म हावामा रहनसक्छ । साथै किटाणुहरु संक्रमित बिरामी भन्दा १३ फिट परसम्म फैलन सक्छ ।