कोरोना महामारीमा सुखद समाचार

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख बढी पुगिसकेको छ । दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्यामा वढोत्तरी भइरहेको छ । यस्तो समयमा खास गरी कोरोना सम्बन्धी गीतहरु बजारमा आइरहेका छन् ।

यही क्रममा भूपेन्द्र रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको ‘सुखद समाचार’ बोलको सार्वजनिक भएको छ । गीतमा गायिका बुनु श्रेष्ठको स्वर छ । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा ध्वनी मुद्रण मिश्रण महेश्वरमान राजभण्डारीले गरेका छन् । भिडियोमा वीरेन्द्र भाट विपिनको सम्पादन छ ।

गीतले कोरोना महामारीका समयमा सबै परिवार एकै ठाउमा बस्नुपर्नेमा बिरानो देशमा बिरानो भई आफ्नो देश सम्झेर बस्नु परेको र जस्तोसुकै भएपनि आफ्नै देशमा गएर मर्न पाए ढुक्क हुने भाव पोखिएको छ । यस्तो विपतलाई जितेर सबै हाँसीखुशी गरी बाँच्न पाउन र नयाँ वर्षमा सबैमा खुशियाली छाओस् भन्ने भावना गीतमा समेटिएको छ ।