मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानले कोरोना भाइरसको विरुद्धको लडाईंमा सरकारलाई कैयौं सहयोग गरेका छन् । आर्थिक सहायता र आफ्नो कार्यालय दिइसकेका शाहरुखले महाराष्ट्र सरकारलाई पीपीई किट प्रदान गरेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले शाहरुखले २५ हजार पीपीई किट प्रदान गरेको पुष्टि गरे ।
मन्त्री टोपेले ट्वीट गर्दै २५ हजार किट प्रदान गरेकोमा शाहरुखलाई धन्यवाद दिएका छन् । शाहरुखले पनि ट्वीटरमा जवाफ फर्काउदै किट स्वास्थ्यकर्मी समक्ष पु¥याउनु भएकोमा आभार व्यक्त गरेका छन् । शाहरुखले सरकारी कोष र संगठनलाई आर्थिक मद्धत गर्ने घोषणा गरेका थिए ।
उनले मुम्बईस्थित आफ्नो चार कोठाको कार्यालयमा क्वारेन्टाइन बनाउका लागि स्थानीय सरकारलाई दिइसकेका छन् । भारतीय रेल कम्पनीले आफ्नो रेलमा क्वारेन्टाइन केन्द्र बनाएका छन् ।