लकडाउनमा अपराध बढ्दो

जोहान्सबर्ग(एजेन्सी) । कोरोना भाइरसका कारण दक्षिण अफ्रिकामा लागू भएको लकडाउनका बीच मदिरा पसलमा चोरी र स्कूलमा बर्बरता जस्तो आपराधिक घटना बढेको छ ।

आधारभूत शिक्षा मन्त्री एन्जी मोत्सगेगाले २७ मार्चबाट लकडाउन शुरु भएपछि १ सय ८३ स्कुलमा भएको बर्बरता र क्षतिले आफूलाई भयभीत बनाएको बताइन् । अप्रिलको अन्त्यसम्म लकडाउनलाई दुई साता बढाइएको थियो । किनकी दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमणको संख्यालाई रोक्ने स्थानीय सरकारको नीति रहेको छ ।