हेलिकप्टरबाट कोरोनाविरुद्धको सचेतना सन्देश

यूएई(एजेन्सी) । कोरोना भाइरसको खतरालाई लिएर सारा विश्व चिन्तित छ । यो अवस्थामा अलग अलग देशले आफ्ना नागरिकलाई यो भाइरसका बारेमा सचेत गराउन विभिन्न काम गरिरहेका छन् । उनीहरु सामाजिक सन्जालको माध्यमबाट प्रचारप्रसार गरिरहेका छन् । तर यो भन्दा फरक किसिमले यूएईमा प्रचारप्रसार गरिएको छ । यहाँ सरकारले हेलिकप्टरका माध्यमबाट भाइरसबाट बच्नका लागि सन्देश प्रवाह गरिरहेको छ ।

समाचार अनुसार दुई दिन अघि यूएईको आकाशमा एक हेलिकप्टर उडेको थियो । जसमा डोरीको सहारामा एक व्यानर झुन्ड्याइएको थियो, जसमा कोरोनाबाट कसरी बच्ने भनेर सन्देश लेखिएको थियो ।

अबुधाबी एविएसनका तर्फबाट यो हेलिकप्टर म्यासेज सार्वजनिक गरिएको हो । यसको व्यानरमा ‘हामी आफ्नो काममा लागेका छौं र तपाईं आफ्नो घरमै बस्नुहोला । घरमा नै सुरक्षित छ’ भनी लेखिएको छ ।