यी हुन् भोजपुरी फिल्मका महंगा अभिनेत्री

मुम्बई(एजेन्सी) । भोजपुरी फिल्मको फ्यान फलोइङ दिनानुदिन बढ्दो छ । कैयौं मानिसहरु भोजपुरी स्टारको बारेमा जान्ने कोशिस गरिरहेका छन् । यही मेसोमा यहाँ भोजपुरी फिल्मका ७ महंगा अभिनेत्रीहरुबारे प्रस्तुत गरिएको छ ।

भोजपुरी फिल्ममा आम्रपाली दुबेको नाम निकै चर्चित छ । उनी भोजपुरी फिल्ममा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीका रुपमा चर्चित छिन् । उनी एक फिल्मका लागि २५ देखि ३० लाख रुपैंयाँ पारिश्रमिक लिन्छिन् । भोजपुरी अर्की अभिनेत्री रानी चटर्जीको पारिश्रमिक अनुपात पनि कम छैन । उनी एक फिल्मका लागि २० देखि २५ लाखसम्म पारिश्रमिक लिन्छिन् । रानी भोजपुरी फिल्ममा आफ्नो बोल्डनेसका कारण चर्चित छिन् ।

अभिनेत्री अक्षरा सिंह निकै सुन्दर र सानदार अभिनेत्रीका अलावा उनी गायिका पनि हुन् । यसबाहेक उनमा नृत्य कला पनि उत्तिकै छ । छोटो समयमा नै उनले आफ्नो ख्याती भोजपुरी फिल्मप्रेमीमा छोडेकी छन् । उनी एक फिल्मका लागि १५ देखि २० लाख पाश्रिमिक लिन्छिन् । अभिनेत्री मोनालिसा टेलिभिजन र फिल्ममा अभिनय गरिरहँदा उनी एकाकएक बीग बोसका माध्यमबाट पुरै भारतभर छाइन् । उनी एक फिल्मबाट १५ देखि २० लाख रुपैंयाँ पारिश्रमिक लिन्छिन् ।

काजगल राघवानी पनि भोजपुरी फिल्मकी अर्की चलेकी कलाकार हुन् । उनी एक फिल्मका लागि २० देखि २५ लाख पारिश्रमिक लिन्छिन् । अभिनेत्री अन्जना सिंहको ख्याती भोजपुरी फिल्ममा कम छैन । उनी एक फिल्मका लागि १० देखि १५ लाख पारिश्रमिक लिन्छिन् । अभिनेत्री पाखी हेगडेले भोजपुरी फिल्मका अलावा मराठी र कन्नड फिल्ममा पनि आफ्नो पहिचान स्थापित गरेकी छन् । उनी एक फिल्मका लागि १० देखि १२ लाख रुपैंयाँसम्म पारिश्रमिक लिन्छिन् ।